प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने « Khabarhub

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

मेडिकल रिपोर्ट सम्बन्धी प्रधानमन्त्रीको पत्र सचिवालय पुग्यो


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ।

प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा प्राप्त भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । यो पत्र पुगेसँगै अब प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद्‌मा उपस्थित हुने भएका छन् ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदलाई निर्देशन दिएका थिए। यदि कसैले कालो चस्मा लगाउनैपर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने सभामुखको भनाइ थियो। सोही निर्देशन बमोजिम प्रधानमन्त्रीको मेडिकल रिपोर्ट सचिवालय पुगेको हो।

प्रधानमन्त्री शाहको आँखा परीक्षणका क्रममा नाङ्गो आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकाले कालो चस्मा प्रयोग गर्नुपर्ने अस्पतालको रिपोर्ट साउन २६ गते संसद् सचिवालयमा पठाइएको हो।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै छ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने तय भएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ११ : ४४ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने