कुसुमको दीपकलाई चेतावनी- ‘अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु’ नभन्नुहोस् « Khabarhub

कुसुमको दीपकलाई चेतावनी- ‘अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु’ नभन्नुहोस्


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस नेता दीपक खड्कालाई राजनीतिक लडाइँ राजनीतिक र कानुनी लडाइँ कानुनी प्रक्रियाबाटै लड्न आग्रह गरेकी छन् ।

थापाले सामाजिक सञ्जालमार्फत खड्कालाई सम्बोधन गर्दै राजनीतिक विषयलाई पटकपटक कानुनी प्रक्रियामा लैजाने गरिएको भन्दै त्यसको सामना गर्न आफूहरू तयार रहेको बताएकी हुन् ।

उनले खड्काले आफू जेलमा रहेका बेला विपक्षी पक्षले आधिकारिकता पाएको र अहिले त्यस्तो हुन नदिन अदालतमा ‘सेटिङ’ मिलाइसकेको भन्ने अभिव्यक्ति दिएको दाबी गरेकी छन् ।

थापाले लेखेकी छन्, ‘पहिला म जेलमा भएको बेला परेकाले उनीहरूले आधिकारिकता पाएका हुन्, नत्र म मेरो मुद्दाजस्तै सेटिङ गर्थेँ । अब योपालि त्यस्तो हुन नदिन मिलाइसकैँ, फलानी-फलानो श्रीमान्लाई राति भेटेको छु, उनीहरूका मान्छे भेटिसकेँ, स्टे पनि आउँछ, आधिकारिकता पनि आउँछ’ भन्नुभएको रहेछ कहीँ कतै ।

यस्ता अभिव्यक्ति नदिन आग्रह गर्दै थापाले अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको दाबी गर्दै नहिँड्न खड्कालाई चेतावनी दिएकी छन् ।

‘थाहा छ तपाईँसँग धेरै पैसा छ भन्ने एक वर्षअघि जेन-जी आन्दोलनकै बेलाको भिडियोमा देख्यौँ हामीले पनि । तर छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमान्सम्म मिलाएको छु भन्दै नहिँड्नुहोला,’ उनले भनेकी छन् ।

यस्ता अभिव्यक्तिले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर पार्ने उनको भनाइ छ । ‘तपाईंको कारणले सोझा मान्छेकै न्यायालयप्रतिको विश्वसनीयता घट्छ। न्यायालयको गरिमा जोगाउने जिम्मा तपाईँ-हामी सबैको हो,’ थापाले भनेकी छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  १ : ४९ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने