वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू) « Khabarhub

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द उद्योग जगाउने कोसिस गरिररहेको छ।

नेपाली सेनाको जिम्मा लगाएर हेटौँडा कपडा उद्योगलाई मर्मत थालेको सरकारले अब वीरगञ्ज कृषि औजार कारखाना र वीरगञ्ज चिनी मिललाई पुनर्जीवन दिने कोसिस थालेको छ।

उद्योगमन्त्री गौरीकुमारी यादवले २७ वर्षदेखि बन्द वीरगञ्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढाउन निर्देशन दिइसकेकी छन्।

उद्योग मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार वीरगञ्ज चिनी मिल कारखानाको स्थलगत निरीक्षण गरेको छ । टोलीले त्यहाँको भौतिक संरचना, मेसिनरी तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरेको छ।

टोलीले त्यहाँ चिनी मिलको अवस्था दयनीय भेटेको छ। घाटामा गएको भन्दै बन्द गरिएपछि चिनी मिलका औजार र मेशिनरीमा खिया लागिसकेका छन् । अर्कातिर मिल परिसर पनि झाडी र जंगलले ढाकिएको अवस्थामा छ ।

सिनियर डिभिजनल ईन्जिनियर श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले १५ दिनभित्र विस्तृत प्रतिवेदन दिने भएको छ। सरकारको यो कदमसँगै लामो समयदेखि बन्द वीरगञ्ज चिनी मिल फेरि सञ्चालनमा आउने आशा जागेको छ।

तस्बिरहरू : उद्योग मन्त्रीको सचिवालय

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ५ : ५७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित