सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’ « Khabarhub

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर भएको निष्कर्ष


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल ३६ वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नाडा अटो शो उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका हुन्।

अध्यक्ष श्रेष्ठले अहिले निजी क्षेत्रले शिथिल बजार, कमजोर मनोबल र चुनौतीपूर्ण व्यावसायिक वातावरणको सामना गरिरहेको तितो यथार्थ पनि सुनाएका छन् ।

‘देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण घडीमा छ। निजी क्षेत्रले अहिले शिथिल बजार, कमजोर मानसिकता र चुनौतीपूर्ण व्यापार व्यवसायको सामना गरिरहेको छ’, उनले भने, ’झन्डै ३६ वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरूको मनोबल यति कमजोर भएको कहिल्यै देखेको थिइनँ।’

वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले अर्थतन्त्रलाई गति दिने प्रतिबद्धता जनाए पनि त्यसका लागि तय गरिने रणनीतिबारे निजी क्षेत्र स्पष्ट हुन नसकेको गुनासो उनले गरेका छन् ।

सरकारले आगामी पाँचदेखि सात वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ पुर्‍याउने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य बजेटमार्फत घोषणा गरेको पनि श्रेष्ठले सम्झाएका छन्।

तर अहिले सरकारका ती लक्ष्य पूरा गर्न के कस्ता रणनीति तय गरेर कार्यान्वयन गरिरहेको भन्ने स्पष्ट जानकारी नआएको उनले बताएका छन् ।

निजी क्षेत्रका नेता अर्थतन्त्र सुधारका लागि सरकारले स्पष्ट रणनीति बनाएर अघि बढ्नुपर्ने सुझाएका छन्। नेपालको अर्थतन्त्रलाई अहिले ‘रि-ईन्जिनियरिङ’ गर्नुपर्ने अवस्थातिर औँल्याउँदै उनले त्यसो गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे।

अटोमोबाइल क्षेत्रले मात्रै गत आर्थिक वर्षमा करिब १०६ अर्ब रुपैयाँ बराबरका वस्तु आयात गरेको उनले बताए। त्यसबाट सरकारले करिब ८१ अर्ब रुपैयाँ राजस्व प्राप्त गरेको पनि उनले स्मरण गराएका छन्। ‘करिब १८ खर्ब रुपैयाँको कुल आयातमा झन्डै ९ प्रतिशत राजस्व नेपालको अटो क्षेत्रले सरकारलाई बुझाएको छ,’ उनले भनेका छन्।

अटोमोबाइल क्षेत्रमा भन्सार दर बढी हुँदा विगतमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतसँग घटाउन आग्रह गरेको पनि श्रेष्ठले स्मरण गराएका छन् । त्यसबेला अर्थमन्त्री महतले व्यवसायीलाई उद्योग स्थापना गर्न सुझाव दिएको उनलले बताए।

आफूहरूमध्ये केहीले उद्योगसमेत खोलेको उनले स्मरण गरे। तर, ती उद्योग अहिले कुन अवस्थामा छन् भन्ने सरकारले चासो नदिएको गुनासो उनले गरेका छन् ।

सरकारले लामो समयदेखि बन्द सरकारी उद्योग सञ्चालन तयारी गर्दा निजी क्षेत्रका चलिरहेका उद्योगको अवस्थाबारे ध्यान दिनुपर्ने पनि उनले सुझाए । ‘सरकारले २०/३० वर्षदेखि बन्द रहेका सरकारी उद्योग सञ्चालन गर्ने कुरा गरिरहेको छ’, उनले भने, ‘निजी क्षेत्रका उद्योगको अवस्थाबारे पनि सरकारले ध्यान दिनुपर्छ। उनीहरूलाई पनि बुझ्न र संरक्षण गर्न जरुरी छ ।’

सरकारले एक क्षेत्रमा सुधार गर्न खोज्दा अर्को क्षेत्रमा समस्या हुन नदिनेतर्फ सचेत हुनुपर्ने उनले सुझाए । एउटा नेपाली उखान सुनाउँदै उनले भने, ‘भुइँको टिप्छु भन्दा पोल्टाको पनि झर्ला भन्ने बुढापाकाको उखानजस्तै नहोस्।’

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ६ : ०४ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता