दुई अर्ब ३१ करोड राजस्व संकलन « Khabarhub

दुई अर्ब ३१ करोड राजस्व संकलन


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१ करोड ९९ लाख राजस्व संकलन गरेको छ । 

कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२-८३ मा कार्यालयले आय करतर्फ एक अर्ब राजस्व संकलन गरेको छ । त्यसैगरी भ्याटतर्फ ५१ करोड ५८ लाख र अन्तःशुल्कतर्फ ८० करोड १५ लाख राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत राजस्व संकलन गरेको छ । 

‘आयकर लक्ष्यभन्दा बढी संकलन भएको छ ।’ कर अधिकृत बस्यालले भने, ‘गत आवमा फ्याक्ट्रीहरूलाई निकासी कम मात्रामा गरेकाले अन्तःशुल्क लक्ष्यअनुसार संकलन हुन सकेन ।’

कार्यालयले आर्थिक वर्ष २०८१-८२ दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा कार्यालयले दुई अर्ब ८७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको उनले बताए। 

कर अधिकृत वस्यालका अनुसार गत आर्थिक वर्षमा एक हजार ४०० व्यावसायिक फर्म करको दायरमा आएका छन् भने नौ हजार ९६५ जनाले व्यक्तिगत प्यान लिए । पछिल्लो समय सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपहार योजना ल्याएको छ । 

उक्त उपहार योजनामा पहिलो विजेता कञ्चनपुरकै करदाताले रु १० लाख प्राप्त गरे। ‘हामी अनुगमनमा जाँदा बिल लिनेको सङ्ख्या बढेको पाएका छौँ’, उनले भने, ‘पहिलो उपहार विजेता यहीँको भएर पनि अहिले यो सङ्ख्या बढेको पाइएको छ ।’

कार्यालयले करदातालाई करदाता शिक्षासमेत प्रदान गर्दै आएको छ । गत आवमा जिल्लाका विभिन्न स्थानमा २३ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको अधिकृत बस्यालले बताए । 

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ६ : १० बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने