विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री « Khabarhub

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग जुधिरहेको नेपाललाई पुनर्निर्माण र पुनरुत्थानको प्रक्रियामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भएको भेटवार्तामा अस्ट्रेलियाली प्रधानमन्त्रीले बाढी–पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दै अस्ट्रेलिया नेपालको साथमा रहेको बताए।

भेटका क्रममा अस्ट्रेलियाली प्रधानमन्त्रीले हालसम्म नेपाललाई उपलब्ध गराइएको सहायता र उद्धार कार्यबारे जानकारी गराएका थिए। साथै, विपद्का क्रममा बेपत्ता भएका अस्ट्रेलियाली नागरिकका परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै अस्ट्रेलिया सरकारले आवश्यकता परेका ठाउँमा सहयोग पुर्‍याउन नेपाल सरकारसँग निरन्तर सहकार्य गरिरहने स्पष्ट पारेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : ५२ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले