बीसौँ एसियाली खेलकुद : नेपालसामु १०३ रनको लक्ष्य « Khabarhub

बीसौँ एसियाली खेलकुद : नेपालसामु १०३ रनको लक्ष्य


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०२ रन बनाएको हो ।

अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० तथा नजिबुल्लाह जाद्रानले पनि ३० रन बनाए । नङ्गेलिया खानले अविजित १७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपालको प्रतियोगितामा यो पहिलो खेल हो । अफगानिस्तानको भने दोस्रो खेल हो । यसअघि अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो ।

अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य पछ्याउँदै नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : १६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण