बीसौँ एसियाली खेलकुद : नेपालसामु १०३ रनको लक्ष्य « Khabarhub

बीसौँ एसियाली खेलकुद : नेपालसामु १०३ रनको लक्ष्य


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०२ रन बनाएको हो ।

अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० तथा नजिबुल्लाह जाद्रानले पनि ३० रन बनाए । नङ्गेलिया खानले अविजित १७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपालको प्रतियोगितामा यो पहिलो खेल हो । अफगानिस्तानको भने दोस्रो खेल हो । यसअघि अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो ।

अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य पछ्याउँदै नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : १६ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा