‘पाँच पाण्डव’मा हरिवंशदेखि आर्यनसम्म, यस्तो देखियो पाँच पात्रको पहिलो झलक « Khabarhub

‘पाँच पाण्डव’मा हरिवंशदेखि आर्यनसम्म, यस्तो देखियो पाँच पात्रको पहिलो झलक


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाभारतका पाँच पाण्डव अब नेपाली चलचित्रको पर्दामा नयाँ शैलीमा देखिने भएका छन् ।

मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चलचित्रका मुख्य पात्रको रूपसमेत खुलाइएको छ ।

बिहीबार सार्वजनिक पोस्टरमा नेपाली चलचित्रका चर्चित कलाकारहरूलाई पाण्डवको भूमिकामा प्रस्तुत गरिएको छ ।

हरिवंश आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नकुल र सुशील सिटौला सहदेवको भूमिकामा देखिएका छन् ।

पोस्टरमा पाँचै कलाकारलाई घोडाले तानेको आकर्षक बग्गीमा प्रस्तुत गरिएको छ। अगाडि युधिष्ठिर बनेका हरिवंश आचार्य छन् भने पछाडि अन्य चार पाण्डव उभिएका छन् ।

कलाकारहरूको लुक्स र पोस्टरको शैलीले चलचित्रलाई लिएर दर्शकमाझ कौतूहल बढाएको छ । निर्देशक वसन्त निरौलाले पोस्टरमार्फत पात्र सार्वजनिक गरिएको बताउँदै यी पात्र दर्शकका लागि परिचित भए पनि नयाँ स्वरूपमा देखिने भएकाले चलचित्रप्रति चासो बढ्ने विश्वास व्यक्त गरेका छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्र कात्तिक २० गते, तिहारको छेको पारेर प्रदर्शनमा आउने तयारीमा छ । हाल चलचित्र पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ भने सम्पूर्ण ध्वनि डल्बी एटमसमा तयार पारिँदैछ ।

चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सिता न्यौपानेसहितका कलाकारको पनि अभिनय छ ।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको ‘पाँच पाण्डव’ले महाभारतका पाँच पाण्डवको चरित्र र विम्बलाई आधार बनाएर आजको नेपाली समाजको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ रहेको चलचित्रमा पुराना पुस्ताका स्थापित कलाकारदेखि नयाँ पुस्ताका चर्चित अनुहारसम्म एकैसाथ देखिँदैछन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : ५५ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ