पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा « Khabarhub

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको जल तथा मौसम मापन ड्यासबोर्डबाट प्राप्त अद्यावधिक विवरण अनुसार २४ घण्टाको अवधिमा देशभरका मापन केन्द्रहरू मध्ये अर्चले स्टेशनमा सबैभन्दा बढी २०५.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो ।

अर्चलेका अलावा देशका अन्य धेरै स्थानमा पनि भारी वर्षा मापन गरिएको छ । प्राप्त तथ्याङ्क अनुसार अन्य प्रमुख मापन केन्द्रहरूमा १२१.२ मिमी, ११७.२ मिमी, ११६.४ मिमी, ११५ मिमी, ११३ मिमी, र १०५ मिमी सम्म वर्षा रेकर्ड भएको छ । 

त्यसैगरी तराई, भित्री मधेस तथा पहाडी भू-भागका धेरैजसो केन्द्रहरूमा २५ मिलिमिटर देखि ९२।२ मिलिमिटर सम्मको मध्यमदेखि भारी वर्षा दर्ता भएको छ ।

यसको विपरीत देशको सुदूरपश्चिम तथा उत्तरी हिमाली भेगका कतिपय मापन केन्द्रहरूमा भने वर्षाको मात्रा न्यून रहेको छ । ती क्षेत्रहरूमा ० देखि १५ मिलिमिटर सम्म मात्र वर्षा मापन गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : ५८ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान