नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि… « Khabarhub

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि र सम्बोधनका क्रममा विभिन्न देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिएका छन् ।

न्युयोर्कमा जारी संयुक्त राष्ट्र महासभाको अधिवेशनमा नेतन्याहूको भाषण सुरु हुनुअघि नै केही देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिन थालेका थिए । सम्बोधन सुरु भएपछि पनि थप प्रतिनिधि बाहिरिएका थिए ।

प्रतिनिधिहरू सभाकक्षबाट बाहिरिएपछि नेतन्याहूले आफ्नो सम्बोधनको सुरुमै उनीहरूमाथि तीखो टिप्पणी गरे ।

‘यदि अझै कुनै नैतिक रूपमा कायर व्यक्ति यस सभाकक्षमा बसिरहेको छ भने कृपया अहिले नै बाहिर जानुहोस्,’ उनले भने ।

नेतन्याहूले आफूहरूलाई सार्वजनिक रूपमा समर्थन गर्ने तर महासभाको सभाकक्षबाट बाहिरिने देशका प्रतिनिधिहरूको व्यवहारप्रति पनि आलोचना गरे ।

उनले यस्तो व्यवहारलाई ‘आश्चर्यजनक पाखण्ड’को संज्ञा दिँदै इजरायलप्रति ती देशहरूको सार्वजनिक र निजी धारणा फरक रहेको दाबी गरे ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  २ : २२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली