न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि र सम्बोधनका क्रममा विभिन्न देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिएका छन् ।
न्युयोर्कमा जारी संयुक्त राष्ट्र महासभाको अधिवेशनमा नेतन्याहूको भाषण सुरु हुनुअघि नै केही देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिन थालेका थिए । सम्बोधन सुरु भएपछि पनि थप प्रतिनिधि बाहिरिएका थिए ।
प्रतिनिधिहरू सभाकक्षबाट बाहिरिएपछि नेतन्याहूले आफ्नो सम्बोधनको सुरुमै उनीहरूमाथि तीखो टिप्पणी गरे ।
‘यदि अझै कुनै नैतिक रूपमा कायर व्यक्ति यस सभाकक्षमा बसिरहेको छ भने कृपया अहिले नै बाहिर जानुहोस्,’ उनले भने ।
नेतन्याहूले आफूहरूलाई सार्वजनिक रूपमा समर्थन गर्ने तर महासभाको सभाकक्षबाट बाहिरिने देशका प्रतिनिधिहरूको व्यवहारप्रति पनि आलोचना गरे ।
उनले यस्तो व्यवहारलाई ‘आश्चर्यजनक पाखण्ड’को संज्ञा दिँदै इजरायलप्रति ती देशहरूको सार्वजनिक र निजी धारणा फरक रहेको दाबी गरे ।













प्रतिक्रिया