नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि… « Khabarhub

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि र सम्बोधनका क्रममा विभिन्न देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिएका छन् ।

न्युयोर्कमा जारी संयुक्त राष्ट्र महासभाको अधिवेशनमा नेतन्याहूको भाषण सुरु हुनुअघि नै केही देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिन थालेका थिए । सम्बोधन सुरु भएपछि पनि थप प्रतिनिधि बाहिरिएका थिए ।

प्रतिनिधिहरू सभाकक्षबाट बाहिरिएपछि नेतन्याहूले आफ्नो सम्बोधनको सुरुमै उनीहरूमाथि तीखो टिप्पणी गरे ।

‘यदि अझै कुनै नैतिक रूपमा कायर व्यक्ति यस सभाकक्षमा बसिरहेको छ भने कृपया अहिले नै बाहिर जानुहोस्,’ उनले भने ।

नेतन्याहूले आफूहरूलाई सार्वजनिक रूपमा समर्थन गर्ने तर महासभाको सभाकक्षबाट बाहिरिने देशका प्रतिनिधिहरूको व्यवहारप्रति पनि आलोचना गरे ।

उनले यस्तो व्यवहारलाई ‘आश्चर्यजनक पाखण्ड’को संज्ञा दिँदै इजरायलप्रति ती देशहरूको सार्वजनिक र निजी धारणा फरक रहेको दाबी गरे ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  २ : २२ बजे

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा