चोभार गल्छीमा उर्लियो बागमती « Khabarhub

चोभार गल्छीमा उर्लियो बागमती


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा जलसतह अत्यधिक बढेको छ । 

उपत्यकाको पानी बाहिरिने मुख्य प्राकृतिक निकास मार्ग चोभार गल्छीमा बागमती नदी उर्लिएर तीव्र वेगका साथ बगिरहेको छ । 

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, मनोहरालगायतका सबै साना–ठूला खोलाहरूको बाढी मिसिएर चोभार गल्छी हुँदै बाहिरिने गर्दछ । गल्छीको साँघुरो भू–बनोटका कारण यहाँ बागमतीको बहाव उर्लिएको देखिएको छ ।

उपत्यकाभित्र नदीहरूको जलसतह निरन्तर उकालो लागेपछि च्यासल, थापाथली, टेकु, बल्खु तथा बल्खु–सुन्दरीघाट क्षेत्रका करिडोर सडकहरूमा बाढी पस्ने र डुबान हुने जोखिम बढेको छ ।

सुरक्षा निकायले बागमती र विष्णुमती करिडोरका सडकहरूमा पानी ओभरफ्लो हुन सक्ने भन्दै तटीय करिडोर भएर यात्रा नगर्न र वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय विपद् व्यवस्थापन टोलीले नदी किनाराका सुकुम्बासी बस्ती तथा होचा भूभागहरूमा गस्ती र निगरानी बढाएका छन्।

नेपाल मौसम विज्ञान विभागले बागमती नदी जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले जलसतह खतराको तह नजिक पुग्न सक्ने चेतावनी दिँदै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदी किनारमा नजान अनुरोध गरेको छ ।

बंगालको खाडीमा बनेको न्यून चापीय प्रणालीको असरले उपत्यकासहित देशका विभिन्न भागमा वर्षा अझै केही समय जारी रहने सम्भावना रहेकाले थप सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । 

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ४ : ४३ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम