नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द « Khabarhub

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । बिहीबार साँझ ८ः०० बजेदेखि ती दुवै सडक पहिरोका कारण अवरुद्ध भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठाउँ ठाउँमा पहिरो झरिरहेकाले सडक सञ्चालनमा समस्या भएको हो । सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ ।

दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले बताए । सडकलाई एकतर्फी खुलाएर दिउँसो रोकिएका सवारी कटाइएको हो ।

सडक रोकिएसँगै बिहीबारदेखि आएका सवारीसाधन सडकमा अलपत्र परेका छन् । जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ६ : १६ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्