पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने « Khabarhub

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष पोपमा निर्वाचित भएपछि उनको फ्रान्समा यो पहिलो आधिकारिक भ्रमण हो।

उनी चारदिने भ्रमणका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई), धार्मिक आस्थावान युवासँगको भेट तथा युरोपको भावी एजेन्डालगायत विषयमा छलफल तथा सम्बोधन गर्नेछन् ।

पोप लियो चौधौँकी हजुरआमा अर्थात् बुवाकी आमा फ्रान्समा जन्मिकी थिइन्। स्थानीय समयअनुसार शुक्रबार बिहान करिब १० बजे उनी पेरिसनजिकै अवतरण गर्दा फ्रान्सभरका चर्चका घण्टी बजाइएको थियो।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उनकी पत्नी ब्रिजिटले विमानस्थलमा ७१ वर्षीय पोप लियोलाई स्वागत गरेका थिए। सन् २००८ को सेप्टेम्बरमा पोप बेनेडिक्ट सोर्हौँको भ्रमणपछि भ्याटिकनका प्रमुखको यो पहिलो आधिकारिक फ्रान्स भ्रमण हो।

‘म फ्रान्समा पनि संसारको जुनसुकै ठाउँमा जस्तै येशू ख्रीष्टका अनुयायीका रूपमा यात्रा गर्दैछु, जसले संसारभर ख्रीष्टको शान्ति घोषणा गर्न चाहन्छ’, पोप लियोले विमानमा पत्रकारहरूसँग भने । उनले यो सन्देश ‘अहिलेको समयमा विशेष रूपमा महत्वपूर्ण’ रहेको बताए।

पेरिसमा हुने विभिन्न कार्यक्रममा पहिलो दुई दिनमा करिब १० लाख मानिस सहभागी हुने अपेक्षा गरिएको छ।

फ्रान्समा आगामी निर्वाचन हुन करिब सात महिना बाँकी रहँदा पोप लियोले एआईबाट उत्पन्न जोखिम, बसाइँसराइको सङ्कट, पादरीहरूबाट हुने यौन दुर्व्यवहार तथा युरोपमा शान्तिलगायत विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ। उक्त निर्वाचनले राष्ट्रपति म्याक्रोँको उत्तराधिकारी चयन गर्नेछ भने दक्षिणपन्थी शक्तिहरूको प्रभाव बढ्न सक्ने आकलन गरिएको छ।

विश्वभरका करिब १.४ अर्ब क्याथोलिकका नेता पोप लियोले शुक्रबार राष्ट्रपति म्याक्रोँसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उहाँले युनेस्कोको मुख्यालयमा एआई नियमन गर्नुपर्ने आवश्यकतामा केन्द्रित भएर सम्बोधन गर्नुहुने अपेक्षा गरिएको छ।

पेरिस भ्रमणपछि पोप लियो दक्षिण–पश्चिमी फ्रान्सको लुर्द जाने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : ४४ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष