बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षापछि जिल्लाको निसीखोला–४ स्थित ठाडाखोलामा आएको लेदोसहितको बाढीका कारण आज साँझदेखि लोकमार्ग अवरुद्ध भएको हो ।
निसीखोला गाउँपालिकाको अध्यक्ष सूर्य घर्तीमगरले लोकमार्गमा सानोखोलाबाट आएको बाढीले क्षति पुर्याएपछि आवागमन ठप्प भएको जानकारी दिए ।
सडकको लेदो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङ र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयसँग समन्वय भए पनि निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको उहाँले जानकारी दिए ।













प्रतिक्रिया