डलरको विकल्प खोज्ने चीनको नेतृत्वमा रहेको डिजिटल मुद्रा परियोजनाबाट साउदी अरबको बाहिर्गमन « Khabarhub

डलरको विकल्प खोज्ने चीनको नेतृत्वमा रहेको डिजिटल मुद्रा परियोजनाबाट साउदी अरबको बाहिर्गमन


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डलरको विकल्प खोज्ने चीनको नेतृत्वमा रहेको ‘एमब्रिज’ डिजिटल मुद्रा परियोजनाबाट साउदी अरेबिया बाहिरिएको छ। पारम्परिक स्विफ्ट भुक्तानी प्रणाली छल्न र डलरको प्रभुत्व घटाउन यो ब्लकचेन प्लेटफर्म तयार पारिएको हो ।

सन् २०२४ मा यसको सक्रिय सदस्य बनेको साउदी अरेबियाले पूर्वयोजना अनुसार नै गत वर्ष यस परियोजनाबाट बाहिरिएको स्पष्ट पारेको छ। साउदी केन्द्रीय बैङ्कले २०२३ मा अनुसन्धानका लागि यसमा आबद्ध भएर २०२५ मे १३ मा आफ्नो परीक्षण कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

यद्यपि साउदी अरबको यो निर्णयले खासै ठूलो अर्थ भने नराख्ने जनाइएको छ । अमेरिकाले अमेरिकी डलरको विकल्प खोज्ने देशहरूलाई कडा प्रतिबन्धको चेतावनी दिँदै आएको छ।

अर्थविद्हरूका अनुसार डलरमाथिको परनिर्भरता घटाउन र अर्थतन्त्रलाई टेवा पुर्‍याउन यस्ता प्रविधिहरू उपयोगी भए पनि अमेरिकी दबाब र प्रतिक्रियाका कारण अमेरिकी सहयोगी राष्ट्रहरू यसमा सचेत र सतर्क देखिन थालेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : १७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का