काठमाडौं- डलरको विकल्प खोज्ने चीनको नेतृत्वमा रहेको ‘एमब्रिज’ डिजिटल मुद्रा परियोजनाबाट साउदी अरेबिया बाहिरिएको छ। पारम्परिक स्विफ्ट भुक्तानी प्रणाली छल्न र डलरको प्रभुत्व घटाउन यो ब्लकचेन प्लेटफर्म तयार पारिएको हो ।
सन् २०२४ मा यसको सक्रिय सदस्य बनेको साउदी अरेबियाले पूर्वयोजना अनुसार नै गत वर्ष यस परियोजनाबाट बाहिरिएको स्पष्ट पारेको छ। साउदी केन्द्रीय बैङ्कले २०२३ मा अनुसन्धानका लागि यसमा आबद्ध भएर २०२५ मे १३ मा आफ्नो परीक्षण कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।
यद्यपि साउदी अरबको यो निर्णयले खासै ठूलो अर्थ भने नराख्ने जनाइएको छ । अमेरिकाले अमेरिकी डलरको विकल्प खोज्ने देशहरूलाई कडा प्रतिबन्धको चेतावनी दिँदै आएको छ।
अर्थविद्हरूका अनुसार डलरमाथिको परनिर्भरता घटाउन र अर्थतन्त्रलाई टेवा पुर्याउन यस्ता प्रविधिहरू उपयोगी भए पनि अमेरिकी दबाब र प्रतिक्रियाका कारण अमेरिकी सहयोगी राष्ट्रहरू यसमा सचेत र सतर्क देखिन थालेका छन्।














प्रतिक्रिया