डलरको विकल्प खोज्ने चीनको नेतृत्वमा रहेको डिजिटल मुद्रा परियोजनाबाट साउदी अरबको बाहिर्गमन « Khabarhub

डलरको विकल्प खोज्ने चीनको नेतृत्वमा रहेको डिजिटल मुद्रा परियोजनाबाट साउदी अरबको बाहिर्गमन


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डलरको विकल्प खोज्ने चीनको नेतृत्वमा रहेको ‘एमब्रिज’ डिजिटल मुद्रा परियोजनाबाट साउदी अरेबिया बाहिरिएको छ। पारम्परिक स्विफ्ट भुक्तानी प्रणाली छल्न र डलरको प्रभुत्व घटाउन यो ब्लकचेन प्लेटफर्म तयार पारिएको हो ।

सन् २०२४ मा यसको सक्रिय सदस्य बनेको साउदी अरेबियाले पूर्वयोजना अनुसार नै गत वर्ष यस परियोजनाबाट बाहिरिएको स्पष्ट पारेको छ। साउदी केन्द्रीय बैङ्कले २०२३ मा अनुसन्धानका लागि यसमा आबद्ध भएर २०२५ मे १३ मा आफ्नो परीक्षण कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

यद्यपि साउदी अरबको यो निर्णयले खासै ठूलो अर्थ भने नराख्ने जनाइएको छ । अमेरिकाले अमेरिकी डलरको विकल्प खोज्ने देशहरूलाई कडा प्रतिबन्धको चेतावनी दिँदै आएको छ।

अर्थविद्हरूका अनुसार डलरमाथिको परनिर्भरता घटाउन र अर्थतन्त्रलाई टेवा पुर्‍याउन यस्ता प्रविधिहरू उपयोगी भए पनि अमेरिकी दबाब र प्रतिक्रियाका कारण अमेरिकी सहयोगी राष्ट्रहरू यसमा सचेत र सतर्क देखिन थालेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : १७ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त