काठमाडौँ– आश्विन शुक्ल चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । दसैँको टीका थाप्न र मान्यजनबाट आशीर्वाद लिन जानेहरूको चहलपहल सडकमा देखिएको हो ।
विजयादशमीका दिन कात्तिक ४ गतेदेखि सुरु भएको टीका थाप्ने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।
दसैँमा नौ दिनसम्म नवदुर्गाको पूजाआराधना गरेपछि विजयादशमीका दिन देवी विसर्जन गरी टीका र जमरा लगाउने परम्परा छ । कोजाग्रत पूर्णिमासँगै दसैँ पर्व औपचारिक रूपमा समापन हुन्छ ।
यसैबीच, दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका सर्वसाधारण फर्किन थालेपछि पनि उपत्यकामा चहलपहल बढेको छ । सार्वजनिक यातायात तथा सडकमा यात्रु र सवारीसाधनको आवागमन बढ्न थालेको छ ।














प्रतिक्रिया