बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन « Khabarhub

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चाररपाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए।

‘लगातार बाघ देखिन थालेपछि हामीले निगरानी बढाउन सो क्षेत्रमा क्यामेरा पनि जडान गरेका थियौँ,’ रेञ्जर चौधरीले भने, ‘गएराति पनि क्यामेरामा बाघ देखिएपछि अहिले शुक्लाफाँटाबाट दुई वटा हात्ती त्यहाँ परिचालन गरिएको छ ।’

निकुञ्जभित्र रहेको शुक्लाफाँटा पोष्टबाट दुई वटा हात्ती परिचालन गरेर बाघलाई बस्ती छेउबाट जङ्गलतर्फ धपाउने काम भइरहेको चौधरीको भनाइ छ । त्यहाँ हात्तीका साथै बेल्डाडी पोष्टबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारी पनि खटिएका छन् ।

‘पाटेबाघ उखुबारीमा रहेको भन्ने खबर पनि आएको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा आवतजावत गर्ने स्थानीयलाई सावधानी अपनाउन भनेका छौँ ।’

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ४ : ०८ बजे

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस