तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत « Khabarhub

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस कप अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन् ।

बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको स्पोट्र्स हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुवैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन् ।

उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यान्मा, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रसिया, इन्डोनेसिया, सिङ्गापुर, काजकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो ।

वैभवी असोज दोस्रो सातादेखि बैङ्ककमा रहेर तेक्वान्दोको प्रशिक्षण लिइरहेकी छिन् । वैभवीलाई बैङ्ककस्थित अल स्टार तेक्वान्दो एकेडमीले अनुबन्ध गरेसँगै उनले यसै एकेडेमीबाट उक्त प्रतियोगितामा सहभागिता जनाएकी हुन् ।

वैभवीलाई हालै मात्र तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले सदस्यता पनि प्रदान गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ४ : ३७ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका