सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु « Khabarhub

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको एक जेट बोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी केही यात्रु घाइते भएको प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए ।

१४ जना यात्रु सवार उक्त बोटको गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको हो । इन्जिन रोकिएपछि नदीको तीव्र बहावले नियन्त्रणबाहिर पुर्‍याएको बोट किनारको भित्तामा गएर ठोक्किएको थियो । भित्तामा ठोक्किएलगत्तै बोट नदीमा डुबेको यात्रुले बताएका छन् ।

दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले उद्धार गरेका थिए थिए । उद्धार गरिएका घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ४ : २५ बजे

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत