एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का « Khabarhub

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को समग्र बजार मूल्य (मार्केट भ्यालु) करिब ८ सय करोड (८ अर्ब रुपैयाँ) पुगेको दाबी गरेका छन् ।

एनपिएलले नेपाली खेलकुद क्षेत्रमा अभूतपूर्व व्यावसायिक सम्भावना र आर्थिक चहलपहल सिर्जना गरेको उल्लेख गर्दै उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

सचिव खड्काका अनुसार फ्रेन्चाइज टोलीहरूको बिक्री, व्यावसायिक प्रायोजन (स्पन्सरसिप), प्रसारण अधिकार तथा अन्य व्यापारिक पक्षहरूलाई समायोजन गर्दा लिगको कुल बजार मूल्याङ्कन यो उचाइमा पुगेको हो ।

एनपिएलले नेपाली क्रिकेटलाई व्यवसायीकरणतर्फ लैजानुका साथै स्वदेशी तथा विदेशी खेलाडी, प्राविधिक र सम्बद्ध संघ-संस्थाका लागि ठूलो आर्थिक अवसर सिर्जना गरेको क्यानको भनाइ छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ४ : ३७ बजे

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा