एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन « Khabarhub

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा पुर्‍याएको नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले बताएका छन्। लिग सुरु हुनुअघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोषाध्यक्ष खड्काले यसपटक स्पोन्सरसिप (प्रायोजन) बाट मात्रै क्यानले करिब २० करोड रुपैयाँ संकलन गरेको जानकारी दिए।

टिकट बिक्री र अन्य सम्पूर्ण प्रायोजनसहित क्यानको तर्फबाट मात्रै एनपिएलमा ७० देखि ७५ करोड रुपैयाँसम्मको कारोबार हुनेछ। क्यानले गर्ने उक्त खर्चको हाराहारीमै फ्रेन्चाइज टोलीका मालिकले पनि खर्च गर्ने कोषाध्यक्ष खड्काले बताएका छन्।

टिम मालिकको ७० देखि ७५ करोड र क्यानको उति नै रकम जोड्दा करिब एक महिना चल्ने यस प्रतियोगितामा समग्रमा १५० करोड (डेढ अर्ब) रुपैयाँको आर्थिक कारोबार हुने क्यानको दाबी छ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ५ : १९ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका