इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण « Khabarhub

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ ।

तेहरानस्थित मेहर समाचार एजेन्सीका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को स्थल सेनाले शनिबार राति बालिसान क्षेत्रमा रहेको कोमाला समूहको मुख्यालयलाई लक्षित गरी ड्रोन आक्रमण गरेको हो ।

इरानले कोमालासहितका इरानी कुर्द विपक्षी समूहलाई आतङ्कवादी तथा पृथकतावादी सङ्गठनका रूपमा लिँदै आएको छ । इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा इरानी कुर्द विपक्षी लडाकु समूहका विभिन्न शिविर तथा आधार रहेका छन् ।

मध्यपूर्वमा फेब्रुअरीमा द्वन्द्व सुरु भएयता इरानले यी समूहका शिविरलाई पटकपटक निशाना बनाउँदै आएको छ । तेहरानले इरानी कुर्द लडाकु समूहलाई आफ्नो कट्टर शत्रु इजरायलको समर्थन प्राप्त रहेको आरोपसमेत लगाउँदै आएको छ ।

यद्यपि, पछिल्लो ड्रोन आक्रमणबारे आईआरजीसीले तत्काल आधिकारिक रूपमा जिम्मेवारी लिएको छैन ।

यस क्षेत्रमा भएका पछिल्ला आक्रमणमध्ये सबैभन्दा घातक घटनामा गत जुलाई १७ मा सुलेमानिया सहरनजिक कोमाला समूहका नौ सदस्य मारिएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ५ : १३ बजे

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का