राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे « Khabarhub

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति मात्रै नगरेर अनुसन्धान पनि गर्नुपर्ने बताएका छन् ।

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको समापन गर्दै उनले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुपर्ने बताए।

उनले राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताए। बिजुक्छेले राजनीतिक कार्यकर्ताको मूल्यांकन पार्टीको सदस्यताका आधारमा मात्र नभई उसको अध्ययन, अनुभव, अनुसन्धान र व्यवहारमा देखिने कार्यक्षमताका आधारमा हुनुपर्नेमा जोड दिए ।

सम्मेलनमा किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई बिजुक्छेले नगदसहित दोसल्ला ओढाइ सम्मान गरेका थिए ।

बिजुक्छेले साहित्यतर्फ कथा र कवितामा उत्कृष्ट हासिल गर्ने साहित्यकारलाई पुरस्कार वितरण गरे। निर्णायक मण्डलको निर्णयअनुसार कवितातर्फ सकुन्तला महर्जन, हरिसुन्दर पोतामहाँ, शिल्भिया प्रजापति, ओमकृष्ण श्रेष्ठ क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भए। कथा विधातर्फ कमलकेशरी थुयाजु, सूर्यनारायण फाँजु, श्रीया पहिजु र एलके सुन्दर क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गरेको घोषणा गरियो ।

यसअघि पहिलो दिन शुक्रबार तःमुंज्याको मुखपत्रका रुपमा प्रकाशित तःमुंज्या ख्वपौँको विमोचन बिजुक्छेले गरेको थिए भने हरिबहादुर श्रेष्ठ ९नारायणमान बिजुक्छे०द्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गरेका थिए ।

सम्मेलनमा नेमकपाका अध्यक्ष नारायणमान बिजुक्छे, नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, नेमकिपा केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रतन भण्डारी, डा धनरत्न शाक्य, डा सरोज धिताल, डा तारालाल श्रेष्ठ तथा साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठ र कृष्णकुमार वैद्यलगायत विभिन्न क्षेत्रका विज्ञ तथा साहित्यकारले साहित्यको महत्त्वमाथि प्रकाश पारे ।

‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा आयोजित दुईदिने साहित्य सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति र समसामयिक सामाजिक तथा राजनीतिक विषयमा अन्तरक्रिया गरिएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ६ : २७ बजे

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का