दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी « Khabarhub

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा दिएको मन्तव्य सुझबुझपूर्ण रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा सांसद भण्डारीले भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति समाप्त भइसकेको भन्ने अर्थमन्त्री वाग्लेको भनाइलाई अनावश्यक रूपमा टीका–टिप्पणी गर्नुपर्ने आवश्यकता नरहेको बताए।

उनले अर्थमन्त्रीको उक्त अभिव्यक्ति सुझबुझका साथ आएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।

सरकारले कार्यकालको छ महिना पार गरिसकेको सन्दर्भ उल्लेख गर्दै सांसद भण्डारीले अहिलेको मुख्य चुनौती महँगी नियन्त्रण गर्नु रहेको बताए। महँगी नियन्त्रणका लागि सरकारले विशेष ध्यान दिनुपर्ने र ठोस कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

सांसद भण्डारीले वर्तमान सरकारको पाँचवर्षे कार्यकाल रहेको उल्लेख गर्दै उक्त अवधिमा जनअपेक्षा पूरा गरेरै छाड्ने दाबीसमेत गरे।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ६ : ५२ बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम