काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार राशि घोषणा गरेका हुन् ।
नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको थियो । एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि रहेको अध्यक्ष चन्दको भनाइ छ । उनले सरकारले पनि टोलीका लागि पुरस्कार घोषणा गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष चन्दले देशको अर्थतन्त्र र खेलकुद क्षेत्र चलायमान बनाउन एनपिएलले ठूलो टेवा पुर्याएको पनि बताउनुभयो । उहाँले कठिन परिस्थितिमा पनि सबै निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको बताए । उनले एनपिएलको वित्तीय पारदर्शिता, अडिट प्रक्रियामा पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा धेरै सुधार भएको पनि उल्लेख गरे ।














प्रतिक्रिया