कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन « Khabarhub

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारी साधनबाट रु १२ लाख २५ हजार राजस्व सङ्कलन गरिएको हो । जसमा सबैभन्दा बढी सुर्खेतमा मादकपदार्थ सेवन गरी चलाएका ६३८ सवारी साधनलाई कारबाही गर्दा रु पाँच लाख ८२ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी बिसीले बताए ।

उनका अनुसार सल्यानमा २२२ सवारी साधन कारबाही हुँदा रु दुई लाख १८ हजार ५००, रुकुमपश्चिममा १२७ सवारीसाधनबाट रु एक लाख ४५ हजार, दैलेखमा ९९ सवारी साधनबाट रु ९४ हजार, जुम्लामा ६७ सवारीसाधनबाट रु ७३ हजार, जाजरकोटमा ६८ सवारीसाधनबाट रु ६१ हजार ५००, कालीकोटमा ८२ र डोल्पामा १८ सवारीसाधनबाट रु १७र१७ हजार, हुम्लामा १५ सवारीसाधनबाट रु १५ हजार र मुगुमा तीन सवारीसाधन कारबाही गर्दा रु दुई हजार राजस्व सङ्कलन भएको छ ।

मादकपदार्थ सेवन गरी गाडी चलाउने सुर्खेतमा १५७, सल्यानमा ४६, दैलेखमा १७, रुकुम पश्चिममा नौ, जुम्लामा सात, कालीकोटमा पाँच, जाजरकोटमा चार र डोल्पामा एक गरी २४६ जनालाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ९ : ०२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२