कङ्गोमा ३ सय चिनियाँ नागरिक पक्राउ « Khabarhub

कङ्गोमा ३ सय चिनियाँ नागरिक पक्राउ


८ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको कपर बेल्ट क्षेत्रमा गैरकानुनी उत्खननविरुद्ध चलाइएको अभियानका क्रममा करिब ३०० जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुमध्ये अधिकांशलाई उत्खनन क्षेत्रको मुख्य केन्द्र मानिने कोल्वेजी सहरबाट नियन्त्रणमा लिइएको हो ।

उक्त कारबाहीमा कङ्गोको राष्ट्रिय सुरक्षा परिषद र अध्यागमन विभागका अधिकारीहरू सहभागी रहेको ब्लुमबर्गले जनाएको छ । गिरफ्तारीपछि किन्सासास्थित चिनियाँ दूतावासले मामिलामा हस्तक्षेप गरेको र त्यसपछि केही कामदारहरूलाई रिहा गरिएको जनाएको छ । यद्यपि यस विषयमा चिनियाँ दूतावास, कङ्गोको खानि मन्त्रालय, अध्यागमन विभाग र राष्ट्रपति कार्यालयले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

पछिल्ला वर्षहरूमा चिनियाँ लगानीका कारण कङ्गोमा तामा उत्पादन तीव्र रूपमा बढेको छ । यसैका कारण सन् २०१५ यता कङ्गोले तामा उत्पादन तीन गुणाले बढाउँदै पेरूलाई पछाडि पारेर विश्वकै दोस्रो ठूलो तामा उत्पादक देश बन्न सफल भएको छ ।

तर, यही खननको तीव्र वृद्धिसँगै क्षेत्रमा अनियन्त्रित गतिविधिहरू पनि बढेका छन्, जहाँ कहिलेकाहीँ सुरक्षाकर्मीको समेत सहयोगमा साना तथा परम्परागत खानी सञ्चालकहरूले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको आधिकारिक क्षेत्रमा अनुमतिविना गैरकानुनी रूपमा काम गर्दै आएका छन्।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ३ : ४१ बजे

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ– नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे

पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

पर्सा– सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने