लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य « Khabarhub

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताएका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन, सामाजिक न्यायको बाधक तथा समतामूलक समाज निर्माणको चुनौती भएको उल्लेख गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

मुख्यमन्त्री आचार्यले महिला, बालबालिका तथा लैङ्गिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायमाथि हुने हिंसा, विभेद, शोषण, दुव्र्यवहार र असमान व्यवहारको अन्त्य गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा दायित्व भएको बताएका छन् ।

उनले लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानता, सामाजिक न्याय, समावेशिता तथा महिला सशक्तीकरणलाई शासन, नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिँदै आएको उल्लेख गरे ।

उनले अभियानलाई १६ दिनमा मात्र सीमित नराखी वर्षभरि लैङ्गिक हिंसाविरुद्ध जागरण, प्रतिरोध र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउन सम्पूर्ण नागरिकमा आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ११ : २८ बजे

लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

विशिष्टीकृत जलन उपचारका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

काठमाडौँ-  नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयनमा प्रधानमन्त्रीको जोड

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि