दीपकराज गिरीको प्रश्न : सरकारलाई अन्धसमर्थन गर्ने कि अन्धविरोध मात्रै ? « Khabarhub

दीपकराज गिरीको प्रश्न : सरकारलाई अन्धसमर्थन गर्ने कि अन्धविरोध मात्रै ?


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको हरेक काममा समर्थन वा विरोध गर्नैपर्छ भन्ने सोचले देशलाई सही दिशामा अघि बढाउन नसक्ने कलाकार तथा निर्माता दीपकराज गिरीले बताएका छन् ।

उनले सरकारको अन्धसमर्थन र अन्धविरोध दुवै प्रवृत्तिमाथि प्रश्न उठाउँदै यस्ता सोच परिवर्तन नभएसम्म देश उँभो नलाग्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गिरीले सरकारलाई जसरी पनि गाली गर्नुपर्ने र सरकारले जे गरे पनि समर्थन गर्नुपर्ने दुवै सोच अतिवादी भएको बताएका हुन् ।

उनको टिप्पणी प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग खिचिएको तस्बिर सार्वजनिक गरेपछि आएको हो । प्रधानमन्त्री शाहले उक्त तस्बिरसँगै ‘देश उँभो लगाउने टोली’ लेखेका थिए ।

सोही प्रसंगलाई लक्षित गर्दै गिरीले सरकारको कामलाई अन्धभक्त भएर समर्थन गर्ने र कुनै पनि अवस्थामा विरोध मात्रै गर्ने प्रवृत्तिमाथि कटाक्ष गरेका हुन् ।

गिरीले आफ्नो स्ट्याटसमा सरकारलाई जसरी पनि गाली गर्ने र सरकारले जे गरे पनि समर्थन गर्ने दुवै अतिवादी सोच नहटेसम्म देश कहिल्यै उँभो नलाग्ने बताएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ३ : २९ बजे

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

क्वालालम्पुर– युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको

दीपकराज गिरीको प्रश्न : सरकारलाई अन्धसमर्थन गर्ने कि अन्धविरोध मात्रै ?

काठमाडौं– सरकारको हरेक काममा समर्थन वा विरोध गर्नैपर्छ भन्ने सोचले

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

गुल्मी– गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी माघ

चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो 

काठमाडौँ – नेपालमा लसुन आयात बढ्दै गएको छ । चालु आर्थिक

गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक

 काठमाडौैँ – निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र