एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति « Khabarhub

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा उपभोग गर्ने दौडमा मेकहरु देखिएका छन् । दुई फिल्मले जेठ १५ लाई प्रदर्शन मिति शुक्रबार तोकेका हुन् ।

जेठ आउन ४ महिनाभन्दा बढी समय बाँकी रहँदै दुई फिल्मले प्रदर्शन मिति तोकेका हुन् ।

डान्सर तेरिया मगरको डेब्यू फिल्म ‘मितज्यू’ले शुक्रबार नै प्रदर्शन मिति सार्वजनिक गरी सुटिङ सुरु गरेको हो । यस फिल्ममा नायकद्वय दयाहाङ राई र सौगात मल्ल शीर्ष भूमिकामा रहेका छन् । निर्देशक अनिल बूढा मगर हुन् ।

त्यस्तै, जोन योञ्जनको निर्देशनमा रहेको ‘रोल नं. १’ पनि शुक्रबार नै प्रदर्शन मिति तोकिएको हो । सरस्वती पूजाको अवसर पारेर यो दुवै फिल्मले रिलिज डेट लक गरेका हुन् ।

‘रोल नं. १’मा नायक भुकुन भुसाल शीर्ष भूमिकामा रहेको बताइएको छ ।

जेठ १५ गते शुक्रबारको सार्वजनिक बिदा उपभोग गर्ने रणनीतिले दुई फिल्मको बक्स अफिस भिडन्त अहिले नै तय भएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १० : ४२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल