केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना « Khabarhub

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । पूर्वी तथा मध्य तराई भूभागका थोरै स्थान बिहानीपख हुस्सु रहनेछ ।

आज राति सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नुका साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेट तथा सूर्यास्त साँझ ५ बजेर ३९ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ४९ बजे

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष