चार करोडको लागतमा विद्यालय भवन निर्माण « Khabarhub

चार करोडको लागतमा विद्यालय भवन निर्माण


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन निर्माण भएको छ । सङ्घीय सरकारको करिब चार करोड अनुदानमा अन्नपूर्ण गाउँपालिकाले तीनतले भवन निर्माण गरेको छ ।

निर्माण कम्पनीले २०८० सालमा तीन करोड ८४ लाख १८ हजार ९०७ मा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले निर्धारित समय २०८२ पुस महिनाभित्रै भवन निर्माण सकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।

भूकम्पप्रतिरोधी क्षमताको भवनमा १६ वटा कोठा छन् । आर्थिक वर्ष २०८१–०८२ मा सङ्घीय सरकारले शिषेष अनुदान शीर्षकमा बजेट विनियोजन गर्न छुटाएपछि रोकिएको निर्माणकार्यलाई चालु आर्थिक वर्षमा बाँकी एक करोड ८४ लाख विनियोजन भएपछि पूर्णता पाएको अध्यक्ष गुरुङले बताए ।

निर्धारित समयमै भवन निर्माण सकिए पनि सरकारले बजेट निकासा नदिएकाले व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् ।

हालसम्म दुई करोड बजेट खर्च भएको योजनाका लागि चालु आवमा विनियोजन भएको बजेट निकासाप्राप्त भएको छैन । प्रभा माविमा सञ्चालित इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पठनपाठनका लागि नयाँ भवन निर्माण भएको हो ।

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा एक सय ६५ विद्यार्थी छन् । नयाँ भवन निर्माण भएपछि पठनपाठन सहज भएको प्रअ दुर्गालाल रोकाले बताए । (रासस)

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ९ : ०५ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट