नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै « Khabarhub

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । नमोबुद्ध–मानेगाउँ युवा क्लबद्वारा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

तेस्रो संस्करणअन्तर्गत यही माघ १५ गतेदेखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा जित हासिल गर्ने टिमले एक लाख पाँच हजार पुरस्कार पाउनेछन् ।

नमोबुद्ध नपा–१ स्थित मानेगाउँमा आयोजित प्रतियोगितामा देशभरबाट दुई दर्जन बढीले सहभागिता जनाउने क्लबका सचिव गणेश लामाले जानकारी दिए । उनका अनुसार दोस्रो हुने टिमलाई ५५ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्लेयर, वेष्ट किपर, कोच, हाइस्कोरर र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई जर्सी प्रदान गरिने जनाइएको छ ।

यस्तै मोफसलमा प्रतिष्ठित मानिएको उक्त प्रतियोगितामा नेपालका उत्कृष्ट खेलाडीसहित राष्टिय क्लब, विभागीय टोलीको पनि सहभागिता रहने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ११ : ४५ बजे

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा