काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने « Khabarhub

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने भएको छ ।  

डब्लुबीसी मोइ थाई नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी जनवरी ३१ तारिकका दिन मितेरी स्पोटर्स हव, बुढानिलकण्ठमा इएफएस फाइट नाइट सेभेन आयोजना गर्न लागिएको जनाएको हो ।

राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपालका सात वटै प्रदेश र २४ जिल्लाका १५ जिमबाट ७० खेलाडीहरू सहभागी हुनेछन् । 

त्यसैगरि भारतबाट पनि अन्तराष्ट्रिय सहभागिता रहने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा डब्लुबीसी मोइ थाई राष्ट्रिय उपाधिका लागि गुमन घर्तिमगर, कर्ण बहादुर मगराती, आलिश बोम्जोम र लाक्पा तामाङ प्रतिस्पर्धामा उत्रनेछन् । 

बिजेतालाई ५० हजार नगद पुरस्कारसहित डब्लुबीसी मोइ थाई उपाधि बेल्ट प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ ।

उक्त प्रतियोगीता डिश होमको एन्सन स्पोटर्स र डिश होम गो एपबाट प्रत्यक्ष प्रसारण हुने डब्लुबीसी मोइ थाई नेपालका अध्यक्ष राजु राइले जानकारी दिए । 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १ : २४ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी