‘पारस’को नायिकामा जशिताको प्रवेश, निखिल जोडी बन्ने « Khabarhub

‘पारस’को नायिकामा जशिताको प्रवेश, निखिल जोडी बन्ने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका जशिता गुरुङको प्रवेश भएको छ । कृषाले जशिता फिल्ममा अनुबन्ध भएको आइतबार सार्वजनिक गरेकी हुन् ।

जशिता नायक निखिल उप्रेतीको ओपोजिट भूमिकामा रहने चर्चा छ । तथापि निर्माण पक्षले यसबारे आधिकारिक जानकारी दिएको छैन ।

केही साताअघि फिल्ममा नायक उप्रेतीको प्रवेश भएको थियो ।

फिल्ममा अन्य कलाकारहरु रहे पनि निर्माण पक्षले सार्वजनिक गरेको छैन । कृषा भन्छिन्, ‘कथाको मागअनुसार नै कलाकारहरु फाइनल गर्ने क्रम जारी छ ।’

सामाजिक कथाको फिल्ममा एक्सन मिश्रण गरेर कृषाले यो फिल्म बनाउन लागेकी हुन् ।

यो फिल्मका पटकथा सचिन लादियाले लेखेका हुन् । उनी भारतीय पटकथा लेखक हुन् ।

फागुनबाट यो फिल्मको छायाङ्कन सुरु गर्ने तयारीमा कृषा छिन् ।

जसिताको पछिल्लो फिल्म ‘जेरी अन टप’ हो । जुन बक्स अफिसमा सफल बनेको थियो ।

निखिल आफ्नै निर्देशनमा ‘आचार्य’ फिल्म गर्दैछन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : ०० बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा