‘पारस’को नायिकामा जशिताको प्रवेश, निखिल जोडी बन्ने « Khabarhub

‘पारस’को नायिकामा जशिताको प्रवेश, निखिल जोडी बन्ने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका जशिता गुरुङको प्रवेश भएको छ । कृषाले जशिता फिल्ममा अनुबन्ध भएको आइतबार सार्वजनिक गरेकी हुन् ।

जशिता नायक निखिल उप्रेतीको ओपोजिट भूमिकामा रहने चर्चा छ । तथापि निर्माण पक्षले यसबारे आधिकारिक जानकारी दिएको छैन ।

केही साताअघि फिल्ममा नायक उप्रेतीको प्रवेश भएको थियो ।

फिल्ममा अन्य कलाकारहरु रहे पनि निर्माण पक्षले सार्वजनिक गरेको छैन । कृषा भन्छिन्, ‘कथाको मागअनुसार नै कलाकारहरु फाइनल गर्ने क्रम जारी छ ।’

सामाजिक कथाको फिल्ममा एक्सन मिश्रण गरेर कृषाले यो फिल्म बनाउन लागेकी हुन् ।

यो फिल्मका पटकथा सचिन लादियाले लेखेका हुन् । उनी भारतीय पटकथा लेखक हुन् ।

फागुनबाट यो फिल्मको छायाङ्कन सुरु गर्ने तयारीमा कृषा छिन् ।

जसिताको पछिल्लो फिल्म ‘जेरी अन टप’ हो । जुन बक्स अफिसमा सफल बनेको थियो ।

निखिल आफ्नै निर्देशनमा ‘आचार्य’ फिल्म गर्दैछन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : ०० बजे

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक