‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी रिल जोडीले फेरि एक फिल्ममा सहकार्य गर्ने भएको छ ।

नेपाली फिल्म इतिहासको सबैभन्दा बढी व्यापार गर्ने ‘पूर्णबहादुरको सारङ्गी’को यो रिल जोडी ‘सिन्दुरे’मा अनुबन्ध भएका हुन् । बन्न लागेको फिल्मको निर्देशक सरोज पौडेल हुन् ।

सरोज ‘पूर्णबहादुरको सारङ्गी’कै निर्देशक हुन् । यी तीन कीर्तिमानी फिल्मकर्मीले दोस्रो सहकार्य गर्न लागेका हुन् ।

विजय र अञ्जनासँगको दोस्रो सहकार्यबारे पौडेल भन्छन्, ‘उहाँहरु बजारले रुचाएको कलाकार हो । तर, मैले कथाले नै मागेपछि उहाँहरुसँग सहकार्य गर्ने सोच बनाएको हो । बजार चलेर लिइएको होइन ।’

यस फिल्मका अन्य कलकार चयनको काम भने बाँकी रहेको निर्देशक पौडेलले बताए । उनले भने, ‘अझै केही कलाकार अनुबन्ध गर्न बाँकी छ । चाँडै फाइनल हुन्छ ।’

यस फिल्म सबिन अधिकारी, वसन्त न्यौपाने र पौडेल मिलेर लेखेका हुन् । फिल्मको कथाबारे अहिले खुलाइएको छैन । प्रदर्शन मिति पनि तय भएको छैन ।

‘पूर्णबहादुरको सारङ्गी’पछि

यो फिल्म नायकाका रुपमा विजयको डेब्यू थियो । व्यापारिक रुपमा हिट भएपछि बजारमा नायकका रुपमा विजयको डिमान्ड बढ्यो । तर, उनले हिट फिल्म दिएका छैनन् ।

विजयले तीन फिल्म ‘जारी २’, ‘वरिष्ठ बलराम’ र ‘जनै हराएको मान्छे’मा शीर्ष भूमिकामा थिए । यी तीनै फिल्मले बक्स अफिसमा कमाल गर्न सकेनन् । अहिले विजय एक हिट फिल्मको खोजीमा देखिन्छन् ।

निर्देशक सरोजले एक फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा ल्याए । गत भदौमा प्रदर्शन आएको यो फिल्म बक्स अफिसमा फ्लप भयो ।

त्यस्तै, नायिका अञ्जानालाई ‘पूर्णबहादुरको सारङ्गी’ले डिमान्डेड नायिका बनायो । अहिले उनी महँगो पारिश्रमिक लिने नायिकाको सूचीमा शीर्ष स्थानमा आउँछिन् भन्ने चर्चा छ ।

यो फिल्म पछि अञ्जनाले ‘परिवर्तन’, ‘परान’, ‘महाभोज’ र ‘डोरी’मा अभिनय गरिन् । आइतबार ‘परिवर्तन’ तेस्रो दिनमा प्रदर्शनरत छ ।

अञ्जनाका दुई फिल्म ‘डोरी’ र ‘महाभोज’ भने फ्लप भए । ‘परान’ भने सुपरहिट बन्यो । तर, यस फिल्ममा उनी सहायक भूमिकामा छिन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : ५१ बजे

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक