शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा « Khabarhub

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच निकै उत्साह जगाएको छ । 

अभिनेता शाहरूखको ६०औँ जन्मदिनमा मेकर्सले सार्वजनिक गरेको टिजरले फ्यानहरूलाई रोमाञ्चित बनाएको थियो ।

शनिबार २४ जनवरी,  मा शाहरूखले आफ्नो सोशल मिडियामा फिल्मको छोटो क्लिप शेयर गरेका थिए । यस मार्फत किङ्गको  प्रदर्शन मिति पनि २४ डिसेम्बर २०२६ (पुस ९ ) घोषणा गरिएको छ।

टिजरमा शाहरूखलाई हिमाली पहाडहरूमा उभिएर चिच्याउँदै, एक्शन अवतारमा देखाइएको छ । भिडियोले फिल्मको रोमाञ्चक र जोसिलो कथावस्तुको संकेत दिएको छ । फ्यानहरूले प्रतिक्रिया दिएका छन्, ‘यो केवल घोषणा होइन, यो चेतावनी हो कि किङ्ग फर्किएको छ।’ अर्का फ्यानले भने, ‘बक्स अफिसमा २००० करोड रुपैयाँ पक्का छ।’

यस फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् भने फिल्मको छायांकन विभिन्न लोकेशनमा जारी नै छ । यसमा शाहरूखसँगै उनकी छोरी सुहाना खानले ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।

फिल्ममा थप कलाकारहरूमा दीपिका पादुकोण, अभिषेक बच्चन, अनिल कपूर, रानी मुखर्जी, अरशद वारसी, अभय वर्मा र राघव जुयाल रहेका छन् । सबै कलाकार फरक–फरक भूमिकामा फिल्मलाई रोमाञ्चक र आकर्षक बनाउने बताएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ३ : २० बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय