नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार « Khabarhub

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो ।

आज ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलव शून्य पाँचको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ ।

आजको कारोबारमा आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ४३ करोड ५९ लाख ३३ हजार १६२ रुपैयाँ बराबरको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ३ : ४६ बजे

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन