रवि र उनका साझेदारको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, आदेश आउन सक्ने « Khabarhub

रवि र उनका साझेदारको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, आदेश आउन सक्ने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा अहिले बहस र जवाफी बहस जारी छ । सहकारी ठगीमा मुछिएका रवि र उनका साझेदाहरूलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता सविता भण्डारी र सह-न्यायाधिवक्ता सञ्जीवराज रेग्मीसमेत बहसमा छन् ।

रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठलगायतले बहस गरेका छन् । मुद्दा दायरकर्ता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गरेका छन् । महान्यायाधिवक्ताको कार्यालय नागरिक सरकारको नेतृत्वको आडमा गत पुस ३० गते रविविरुद्धका गम्भीर मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले माघ ४ गते मुद्दा दायर गरेका थिए । उनीहरूको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भएकाले बदरको माग गरिएको थियो ।

माघ ६ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो । माघ ८ गते बिहीबार न्यायाधीशद्वय शर्मा र बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएकोमा हेर्न नमिल्नेमा राखिएको थियो। उक्त मुद्दा ढकालले हेर्न अस्वीकार गरेपछि सुनुवाइ रोकिएको थियो ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ३ : ५३ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार