श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया  « Khabarhub

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका लागि हानिकारक मानिने एमोनिया फेला परेको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनका क्रममा भक्तपुरमा रहेको श्रीकृष्ण बेभरेजले उत्पादन गरेको जारको पानी परीक्षण गर्दा एमोनिया पोजेटिभ पाइएको हो । 

मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत गरिएको प्रारम्भिक परीक्षणमै पानीमा एमोनिया भेटिएपछि थप परीक्षणका लागि नमुना सङ्कलन गरिएको विभागले जनाएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका–९ अन्तर्गत गोठाटार क्षेत्रका विभिन्न खाद्य उद्योग र व्यवसायको अनुगमनका क्रममा जार भर्ने प्रक्रियामा समेत गम्भीर लापरबाही देखिएको थियो । निरीक्षणका बेला श्रमिकले हातमा पन्जा नलगाई जार भर्ने गरेको पाइएपछि सरसफाइप्रति उद्योगको बेवास्ता प्रस्ट भएको विभागको भनाइ छ ।

त्यस्तै, शीतल जल उद्योगमा पनि श्रमिकको व्यक्तिगत सरसफाइ कमजोर रहेको र प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका अनुसार राख्नुपर्ने अभिलेखसमेत नराखिएको पाइएको छ। विभागले पुराना तथा कुच्चिएका जार प्रयोग नगर्न र तत्काल सरसफाइ सुधार गर्न निर्देशन दिएको छ ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा लापरबाही सह्य नहुने भन्दै विभागले दोषी देखिएका उद्योगलाई कडा चेतावनी दिएको छ। एमोनिया भेटिएको श्रीकृष्ण बेभरेजमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।

विभागकी निर्देशक डा.बालकुमारी शर्माले सबै पानी उद्योगलाई प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ का प्रावधान पूर्ण रूपमा पालना गर्न र खाद्य स्वच्छता कायम गर्न कडाइका साथ निर्देशन दिइएको जानकारी दिइन ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ०४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको