कर्नालमा भएको कार्यक्रममा मौनी रोयमाथि दुर्व्यवहार भएपछि… « Khabarhub

कर्नालमा भएको कार्यक्रममा मौनी रोयमाथि दुर्व्यवहार भएपछि…


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टेलिभिजन सिरियलबाट बलिउडसम्मको चम्केकी अभिनेत्री मौनी रोयमाथि सार्वजनिक कार्यक्रममै दुर्व्यवहार भएको छ । हरियाणा राज्यको करनालमा आयोजित एक कार्यक्रमका क्रममा आफूले भोग्नुपरेको छेडछाड र दुर्व्यवहारबारे खुलेर बोलेकी छन् ।

मौनीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत वृद्ध पुरुषहरू समेत केही दर्शकले फोटो खिच्ने बहानामा आफ्नो कम्मर छोएको आरोप लगाएकी छन् । स्टेजतर्फ जाँदै गर्दा आफूमाथि यस्तो व्यवहार भएको उनले बताएकी छिन् । “सर, कृपया हात हटाउनुहोस्” भनेपछि ती व्यक्तिहरू झन् आक्रोशित भएको उनको भनाइ छ ।

स्टेजमा पुगेपछि अवस्था अझ बिग्रिएको मौनीको दाबी छ । उनले भनिन् ‘अगाडि उभिएका दुई व्यक्तिले अश्लील टिप्पणी, गाली र आपत्तिजनक इशारा गर्न थाले ।’

त्यतिमात्र होइन, उनीहरूले मौनीतर्फ गुलाबको फुल फ्याँकिरहे, तर कार्यक्रमस्थलमा कसैले पनि ती व्यक्तिहरूलाई रोक्ने प्रयास गरेन । उचाइमा रहेको स्टेजतर्फ ती पुरुषहरूले तलबाट (लो एङ्गल) भिडियो बनाउने प्रयास पनि गरिरहेको उनले बताइन् ।

यस्तो व्यवहार रोक्न खोज्नेमाथि पनि उनीहरुले गालीगलौज गरेको उनले बताएकी छिन् । उनले लेखेकी छिन्, “मलाई मेरो देश, यहाँका मानिस र परम्पराहरू अत्यन्त प्रिय छन् । तर यस्तो व्यवहार असहनीय छ। पुरुषत्वको घमण्ड हद नाघेको छ। म प्रायः आफ्नो नकारात्मक अनुभव सार्वजनिक गर्दिनँ, तर यो घटनाले मलाई मौन बस्न दिएन।”

मौनी रायको यो पोस्ट सार्वजनिक भएपछि फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले व्यापक समर्थन जनाएका छन् र यस्ता घटनाविरुद्ध कडा कदम चाल्न माग गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ३३ बजे

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज भएको खेलमा त्रिभुवन

मध्यम शक्ति बन्न अग्रसर पाकिस्तानको क्षेत्रीय कूटनीतिमा बढ्दो भूमिका

काठमाडौं- इरानसँग अमेरिका र इजरायलको बढ्दो द्वन्द्व तथा खाडी क्षेत्रको

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना