कर्नालमा भएको कार्यक्रममा मौनी रोयमाथि दुर्व्यवहार भएपछि… « Khabarhub

कर्नालमा भएको कार्यक्रममा मौनी रोयमाथि दुर्व्यवहार भएपछि…


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टेलिभिजन सिरियलबाट बलिउडसम्मको चम्केकी अभिनेत्री मौनी रोयमाथि सार्वजनिक कार्यक्रममै दुर्व्यवहार भएको छ । हरियाणा राज्यको करनालमा आयोजित एक कार्यक्रमका क्रममा आफूले भोग्नुपरेको छेडछाड र दुर्व्यवहारबारे खुलेर बोलेकी छन् ।

मौनीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत वृद्ध पुरुषहरू समेत केही दर्शकले फोटो खिच्ने बहानामा आफ्नो कम्मर छोएको आरोप लगाएकी छन् । स्टेजतर्फ जाँदै गर्दा आफूमाथि यस्तो व्यवहार भएको उनले बताएकी छिन् । “सर, कृपया हात हटाउनुहोस्” भनेपछि ती व्यक्तिहरू झन् आक्रोशित भएको उनको भनाइ छ ।

स्टेजमा पुगेपछि अवस्था अझ बिग्रिएको मौनीको दाबी छ । उनले भनिन् ‘अगाडि उभिएका दुई व्यक्तिले अश्लील टिप्पणी, गाली र आपत्तिजनक इशारा गर्न थाले ।’

त्यतिमात्र होइन, उनीहरूले मौनीतर्फ गुलाबको फुल फ्याँकिरहे, तर कार्यक्रमस्थलमा कसैले पनि ती व्यक्तिहरूलाई रोक्ने प्रयास गरेन । उचाइमा रहेको स्टेजतर्फ ती पुरुषहरूले तलबाट (लो एङ्गल) भिडियो बनाउने प्रयास पनि गरिरहेको उनले बताइन् ।

यस्तो व्यवहार रोक्न खोज्नेमाथि पनि उनीहरुले गालीगलौज गरेको उनले बताएकी छिन् । उनले लेखेकी छिन्, “मलाई मेरो देश, यहाँका मानिस र परम्पराहरू अत्यन्त प्रिय छन् । तर यस्तो व्यवहार असहनीय छ। पुरुषत्वको घमण्ड हद नाघेको छ। म प्रायः आफ्नो नकारात्मक अनुभव सार्वजनिक गर्दिनँ, तर यो घटनाले मलाई मौन बस्न दिएन।”

मौनी रायको यो पोस्ट सार्वजनिक भएपछि फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले व्यापक समर्थन जनाएका छन् र यस्ता घटनाविरुद्ध कडा कदम चाल्न माग गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ३३ बजे

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको