सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी « Khabarhub

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले महिला समूहबाट भण्डारी अन्यबाट खाती विजयी भएको बताएका छन् ।

उनका अनुसार भण्डारीले ३ हजार ९८४ मत पाइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत पाइन् ।

अन्य समूहबाट कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपाका टीकाराम जैशीले १ हजार ८०५ मत पाए । खाती पूर्वमहान्यायाधिवक्त पनि हुन् ।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ थियो ।

यहाँ कूल २ सय २४ मतदाता थिए । जसमा ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष थिए । तीमध्ये २२० जनाले मतदान गरे ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ११ बजे

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले