देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस « Khabarhub

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको मतपरिणामअनुसार नेपाली कांग्रेस पहिलो दल बन्न पुगेको छ।

नेकपा एमालेसँग भएको चुनावी गठबन्धनबाट सातै प्रदेशमा कांग्रेसका ९ जना उम्मेदवार निर्वाचित भएए । जसले कांग्रेस राष्ट्रिय सभामा २५ सदस्यसहित पहिलो दल बनेको हो ।

आइतबारको चुनावअघि कांग्रेस १६ सीटको थियो । अब आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा दलहरूको हैसियत औपचारिक रुपमा फेरिएर कांग्रेस पहिलो र नेकपा एमाले तेस्रो ठूलो दल भएको छ।

कांग्रेसले यस पटक एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग चुनावी तालमेल गरेको थियो । खाली १८ मा ९ वटा लिएको कांग्रेसले सबैमा जित निकालेको हो । यसअघि नेपाली कांग्रेसकाा सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग तालमेलका लागि गरेको निर्णयलाई वर्तमान सभापति गगन थापाले कार्यान्वयन गरेसँगै ठूलो दल भएको हो ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २/२, लुम्बिनीबाट ३, कर्णाली र सुदूरपश्चिमबाट २/२ सदस्य निर्वाचित भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार समयमा नआइपुग्दा कोशीमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए । अन्य १७ सीटमा आइतबार निर्वाचन भएको हो । आइतबारको परिणामले कांग्रेस ९, एमाले ८ र जसपा १ सीटमा विजयी भए ।

कांग्रेसले छलाङ मार्दा नेपाली कम्युनिस्ट पार्टी १८ सिटसहित दोस्रोमा खुम्चिएको छ । एमालेले ११ सिटसहित तेस्रो स्थान बनाएको छ । जसपा नेपालका तीन सीट कायम हुँदा राष्ट्रिय जनमोर्चाका एक सीटसहित छ । एकजना सदस्य बलदेव बोहोराको निधनले उक्त स्थान रिक्त छ । त्यसमा पनि चुनाव हुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अर्का एकजना सदस्य मनोनीत गर्ने तयारी छ । बाँकी ३ जना राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत गर्नेछन् ।

कानुनअनुसार राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् । राष्ट्रियसभा सदस्यको कार्यकाल चक्रीय प्रणालीमा ६ वर्षको हुन्छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको थियो । कोशी प्रदेशमा ५, मधेश ११, बागमती ६, गण्डकी ६, लुम्बिनी ८, कर्णाली ४ र सुदूरपश्चिम ४ जनाको उम्मेदवारी थियो ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका/नगरपालिका अध्यक्ष र उपाध्यक्ष मतदान गर्छन् । सातै प्रदेशमा ५५० प्रदेशसभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रधानसहित स्थानीय तहका १ हजार ५०६ मतदाता थिए।

को को विजयी भए ?

कोशी प्रदेश

  • रोशनी मेचे, नेकपा एमाले
  • सोमनाथ पोर्तेल, नेकपा एमाले
  • सुनिलबहादुर थापा (निर्विरोध), नेपाली कांग्रेस

मधेश प्रदेश

  • धमेन्द्र पासवान, नेपाली कांग्रेस
  • महन्थ ठाकुर, लोसपा
  • रञ्जित कर्ण, नेपाली कांग्रेस
  • रेखाकुमारी झा, नेकपा एमाले

बागमती प्रदेश

  • गीता देवकोटा, नेपाली कांग्रेस
  • प्रेमप्रसाद दंगाल, नेकपा एमाले

गण्डकी प्रदेश

  • जगत तिमिल्सिना, नेपाली कांग्रेस
  • सम्झना देवकोटा, नेकपा एमाले

लुम्बिनी प्रदेश

  • चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
  • बासुदेव जंगली, नेपाली कांग्रेस
  • रामकुमारी झाक्री, नेकपा एमाले

कर्णाली प्रदेश

  • ललितजंग शाही, नेपाली कांग्रेस
  • मीनासिंह रखाल, नेकपा एमाले

सुदूरपश्चिम प्रदेश

  • खम्मबहादुर खाती, नेपाली कांग्रेस
  • लीलाकुमारी भण्डारी, नेकपा एमाले

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ८ : ०६ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण