अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ « Khabarhub

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई जना विदेशी नागरिकलाई अध्यागमनले नियन्त्रणमा लिएको छ। तीमध्ये एक जना अमेरिका र एक जना चिनियाँ नागरिक छन्।

पक्राउ परेका चिनियाँ नागरिक काठमाडौंको पकनाजोल, ठमेलमा फेमेली पिस होटलमा मासिक २० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएको पाइएको छ । सन् २०१२ मा पहिलोपटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको र त्यसपछि पटक-पटक गरी १३ पटक व्यावसायिक भिसा लिएको पनि अनुसन्धानमा खुलेको छ ।

उनले नेपालमा विभिन्न ६ वटा होटेल/व्यावसायिक कम्पनीहरु स्थापना गरेको पाइएको छ । व्यवसायिक भिसा लिने प्रयोजनको लागि मात्र कम्पनी स्थापना गर्ने गरेको तर लगानी र कारोबार भएको पनि देखिएको छैन ।

उनले यान सपिङ होटल एण्ड रेस्टुरेन्ट प्रालि, होल विथ रेस्टुरेन्ट यान, झोँङविन इन्टरनेशनल कार्गो कम्पनी, मोय यीङ होटल विथ रेस्टुरेन्ट, स्प्रिट मंकी इन्फर्मेसन टेक्नोलोजी र शाव जिअसुन होटल विथ रेस्टुरेन्ट दर्ता गरेको पाइएको छ ।

उनले पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बसी विगत ४ वर्षदेखि विभिन्न विद्यालयहरुमा अध्यापन लगायतका कार्यहरु गर्दै आएको पनि अध्यागमनको अनुसन्धानमा खुलेको छ । पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बस्दा विदेशी नागरिकले काम गर्न नपाउने व्यवस्था छ ।

त्यस्तै अमेरिकी नागरिक पनि सन् २०१७ मा पहिलोपटक नेपाल प्रवेश गरेको, बीचमा फर्किएको र सन् २०२० पुनः नेपाल प्रवेश गरी हालसम्म नेपालमै रहेको पाइएको छ ।

उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्यालभरी सर्भिस सेन्टर प्रालि स्थापना गरेको त र ठेनामा भने ललितपुरको सैंबु उल्लेख गरेको पाइएको छ ।

त्यस्तै उनले ललितपुरको गोदावरी नगरपालिकामा घर भाडामा लिई गैर कानुनी रुपमा बालगृह सञ्चालन गरेको पनि पाइएको छ । बालगृहसम्बन्धी आधिकारीक बोर्ड नभएको, उक्त भवनमा आर्थिक अवस्था कमजोर भएका १२ जना वालिकाहरुलाई आश्रय दिएर राखेको र क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराउने गरेको प्रारम्भित्र अनुसन्धानमा खुलेको छ ।

उनले उक्त बालगृहको भवनको भित्ताहरुमा क्रिश्चियन धर्मसम्बन्धी सन्देश पेन्ट गरिएको पनि अध्यागमनका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

नेपालमा बस्ने प्रयोजनका लागि मात्र पटक पटक अध्ययन र व्यावसायिक भिसा लिएर बसेको पनि पाइएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १० : ०३ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी