सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी « Khabarhub

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला भोलि बिहान ८ बजेभित्र खोल्न अल्टिमेटम दिएको छ। अन्यथा प्रहरी लगाएर ताला तोड्ने विश्वविद्यालय प्रशासनको चेतावनी छ।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले आज विज्ञप्ति जारी गरी मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन चारवटा केन्द्रीय विभागहरूले लिँदै आएको शुल्क र जन प्रशासन क्याम्पसमा भर्नाको विषयलाई लिएर विभिन्न विद्यार्थी संघ, संगठन एवम् जन प्रशासन क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको नामबाट त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय (उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालय) मा तालावन्दी गरिएको जनाएको छ।

तालाबन्दीसहित ति निकायमा टाँस गरिएका विज्ञप्तिका कारण विश्वविद्यालय केन्द्रीय कार्यालयको दैनिकी दिनका काम कारबाहीमा अवरोध भई रहेको विज्ञप्तिमा उल्लेख छ।

‘यस प्रकारका कार्य सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२ असार १८ गते जारी भएको अन्तरिम आदेशको सिधै वर्खिलाप हुन गई सम्मानित अदालतको आदेशको अवहेलना जन्य समेत हुने विश्वविद्यालयको ठहर छ’ विश्वविद्यालयले भनेको छ, ‘शुल्कको सम्वन्धमा विश्वविद्यालयले शुल्क पुनरावलोकन कार्यदल गठन गरी सो कार्यदलले आफ्नो कार्य अगाडी बढाईसकेको हुँदा मिति २०८२।१०।१२ गते विहान ८स्०० वजेसम्म ताला खोल्ने कार्य गर्नु हुन विश्वविद्यालय सम्वन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछ।’

अन्यथा अदालतको आदेश पालना गर्नु सबैको दायित्व र कर्तव्य हुने भन्दै प्रहरी प्रशासनको सहयोगमा ताला खोलिने विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १० : ५६ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध